Breaking News

चितवनमा १८० किलो गाँजासहित भारतीय नम्बर प्लेटको ट्रक र चालक नियन्त्रणमा

Banner

चितवन,चैत २५-

भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए अनुसार शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । ट्रकका चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको एसपी कार्कीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>