समाचार

अश्लील भिडियो बाहिरिएपछि सांसद खानलाई कारबाहीको माग

Banner

काठमाडौँ, चैत २५–

राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।

समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ ।

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>