समाज

रत्ननगरमा मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु

Banner

चितवन, चैत २४-

पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा आज बिहान मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् ।

रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन ।

शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>