अन्तर्राष्ट्रिय

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने: आईएमएफ प्रमुख

Banner

वासिङटन,  चैत २३-

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिनुभएको छ ।

“बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबूत सुधार असम्भव छ,” क्रिस्टालिना जर्जिएभाले अर्को हप्ता आईएमएफ र विश्व बैंकको वसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिनुभयो ।

“विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानि पु¥याउँछ,” उहाँले भन्नुभयो ।रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३।४ प्रतिशतमा झरेको थियो ।

एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।“निकट र मध्यावधि दुवैमा ऐतिहासिक तुलनाका आधारमा आर्थिक वृद्धि दर कमजोर रहेको छ,,” उहाँले भन्नुभयो ।

उहाँले आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको बताउनुभयो ।“कम आय भएका देशहरूले उच्च ऋण लागत र उनीहरूको निर्यातको मागमा आएको गिरावटका कारण दोहोरो झट्का भोग्ने अपेक्षा गरिएको छ, जसले गरिबी र भोकमरी बढाउन सक्छ,” जर्जिएभाले भन्नुभयो ।

“कम आय भएका करिब १५ प्रतिशत मुलुक पहिलेदेखि नै ऋण सङ्कटमा छन् र अन्य ४५ प्रतिशतले उच्च ऋण जोखिमको सामना गरिरहेका छन्,” उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>