समाचार

कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक

Banner

जनकपुरधाम, चैत २३-

नेपाल रेल्वे कम्पनी लिमिटेडले कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

२० चैत ०७८ बाट सञ्चालनमा आएको रेलले दैनिक दुई पटक आवत जावत गर्दथ्यो । तर रेल्वे कम्पनीले आज जारी गरेको सूचना अनुसार बैशाख १ बाट कुर्था-जनकपुर-जयनगर रुटमा रेल दैनिक चार पटक आवत जावत गर्छ ।

रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्चन झाद्वारा हस्ताक्षरित सूचनामा बिहान ७ः१५ बजे कुर्थाबाट छुटेर रेल बिहान ९ः१५ बजे जयनगर पुग्ने छ । जयनगरबाट बिहान ९ः३० बजे छुटेर बिहान ११ः३० बजे कुर्था फर्किनेछ । त्यस्तै कुर्थाबाट फेरि मध्यान्ह २ः४५ बजे छुटेर ४ः४५ मा जनयनगर पुग्छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किनेछ ।

यात्रुहरूको सुविधालाई ध्यानमा राखी बिहानको प्रथम सेवा कुर्थाबाट जयनगरतर्फ खुल्ने गरी वैशाख १ गतेदेखि नयाँ समय तालिका सार्वजनिक गरिएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक झाले बताए ।

अहिले चलिरहेको रेल घाटामा छ । रेल सञ्चालनमा आएको १० महिनामा १० करोड रुपैयाँ घाटा लागेको तथ्यांक कम्पनीले जनाएको थियो । दुई पटक चल्ने रेल अब चार पटक आवत जावत गरेपछि घाटा झन बढ्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>