चितवन विशेष

पढाइसँगै रोजगारीका लागि बोस्टन इन्टरनेशनल कलेजको एमबीएमा विद्यार्थीको आकर्षण

Banner

चितवन, चैत २३-

अन्तर्राष्ट्रियस्तरको रोजगारमूलक शिक्षाको लागि भरतपुरको बोस्टन इन्टरनेशनल कलेजको एमबीएमा विद्यार्थीको आकर्षण बढेको छ ।

जुनकुनै संकायबाट जुनकुनै पेसाका स्नातक तह उतीर्ण गरेका व्यक्तिहरुले एमबीए अध्ययन गर्न सक्ने भएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको हो । एमबीए तहमा इन्जिनियर, सरकारी अधिकृत, कम्पनीका कर्मचारी र व्यवस्थापकदेखि उद्यमशिलतामा रुचि राख्ने जोकोहीले पढ्न सक्ने भएकोले पनि धेरैजसो पेसाकर्मीहरुको रोजाइमा एमबीए परेको छ ।

बोस्टन इन्टरनेशनल कलेजका एमबीए कार्यक्रम संयोजक जगदिश तिमिल्सिनाले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले एमबीए तहमा गरेका पछिल्ला र आधुनिक सिकाइको अभ्यासहरुलाई बोस्टन इन्टरनेशनल कलेजले पनि अपनाउने गरेकोले विद्यार्थीहरु यस तह अध्ययनमा आकर्षित भएको नारायणी अनलाइनलाई जानकारी दिए । ३० जना विद्यार्थीको मात्र कोटा रहेको एमबीए तहको सम्पूर्ण अध्ययनलाई नेपालका प्रतिष्ठित उद्योगहरुसँग ज्ञान र अनुभव आदानप्रदानमा केन्द्रित गरिएको उनले बताए । उनले भने, ‘ एमबीएमा औद्योगिक क्षेत्रका विज्ञहरु, अन्तर्राष्ट्रिय क्षेत्रका व्यवस्थापन क्षेत्रका ज्ञाताहरुले विशेष कक्षाहरु लिने गरेका छन् । उद्यमशिलता सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिहेका छौं । पढाइ सक्नासाथ रोजगारीको क्षेत्रमा लाग्न सक्ने गरी आवश्यक सीप र ज्ञान दिइरहेका छौं ।’

बोस्टन इन्टरनेशनल कलेजबाट एमबीए सकेका भरतपुर–१० नहरचोकमा रहेको कालिका डिजाइन इन्जिनियरिङ कन्सल्टेन्सीका प्रवन्ध निर्देशक इन्जिनियर ईश्वरकुमार श्रेष्ठले बोस्टनबाट एमबीए गरेपछि आफ्नो पेसा र व्यवहारमा ठूलो रुपान्तरण आएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मेरो कार्यालय सञ्चालनदेखि व्यवस्थापकीय क्षमता र सीपको विकासमा बोस्टन कलेजले धेरै कुरा किाएको छ । मेरो जीवनमा र पेसामा कलेजले दिएको ज्ञान धेरै सहयोगी भएको अनुभव गरेको छु ।’

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले गत कात्तिकमा नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको थियो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । आगामी पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नको लागि स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन गर्दै लैजानेसमेत कलेजको योजना छ ।
कलेजले आउँदो पाँच वर्षमा २०० भन्दा बढी कम्पनीहरूसँग आवद्ध भई विद्यार्थीलाई आवश्यक औद्योगिककरणमा लैजाने तयारी गरेको छ । यसै वर्षदेखि ९० प्रतिशत विद्यार्थीलाई दीक्षित गराई शतप्रतिशत रोजगारको व्यवस्था गराउनेसमेत कलेजको दाबी छ ।

आज भन्दा १४ वर्ष अगाडि सन् २००९ मा स्थापना भएको बोस्टन इन्टरनेशनल कलेजले पोखरा विश्वविद्यालयअन्तर्गत एमबीए, बीबीए, बीबीए–बीआई र बीसीआईएसका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कलेजले विश्वका उत्कृष्ट विश्वविद्यालयको मोडलमा आफूलाई अध्ययन तथा अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न उद्यमशिलता र अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>