Breaking News

चितवन–२ मा दुई जनाले लिए उम्मेदवारी फिर्ता, २२ उम्मेदवारबीच प्रतिस्पर्धा हुने

Banner

चितवन, चैत २३–

चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

आज दिउँसोसम्मा उम्मेदवारी फिर्ता लिने समय दिइएकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवारहरु चत्रपानी न्यौपाने र सुदर्शन कंडेल रहेका छन् । अन्य २२ जनाको उम्मेदवारी यथावत रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>