क्रिकेट

आइसिसी ओडिआई वरीयतामा नेपाल एक स्थान उक्लियो

Banner

काठमाडौं, चैत २३ –

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा फेरी एक स्थान माथी उक्लिएको छ । आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गर्दै खेल सुधार गरे पछि १५ औं स्थानवाट एक स्थान माथी उक्लिदै १४ स्थानको वरियता कायम गर्न सफल भएको हो । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपाल भन्दा अघि जिम्बावे १३ औं, स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन भने नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६ औं स्थानमा पुग्दा नेपाल एक स्थान माथि उक्लिएको हो । वरियतामा अष्टेलिया शीर्ष स्थानमा रहेको छ भने न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>