समाज

आज प्रतिनिधिसभाको बैठक बस्दै

Banner

काठमाडौं, चैत २३–

आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने उल्लेख छ।

साथै दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरुको नाम मनोनयन गर्ने र तेस्रो नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>