आर्थिक

६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएको निर्माण व्यवसायीहरूको गुनासो

Banner

काठमाडौँ, चैत २२

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या समाधान गर्न अर्थमन्त्री डा। प्रकाशशरण महतलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री महतसमक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराएको हो ।

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन बमोजिम पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन पेश्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले बताए । निर्माण व्यवसायीहरूको ६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएको तर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायीहरू अझ बढी मारमा परेको अ ध्यक्ष सिंहको भनाई थियो ।

मुलुकको समृद्धिका लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गर्दै अध्यक्ष सिंहले सरकारलाई सबै किसिमको सहयोग गर्न व्यवसायीहरू तयार रहेको प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री महतलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>