चितवन विशेष

सिक्किमको पहिरोमा परेर ज्यान गुमाएका परिवारसंग जीतनारायणले गरे भेट, सहयोग गर्ने प्रतिवद्धता

Banner

चितवन, चैत २२–

बुधबार विहानै एउटा दुःख खबर सुनेर चितवनको कालिकामा सन्नाटा छायो । कालिका नगरपालिका–६ खोलेसिमलस्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट केहीदिन अघि एउटा टोली भारतको सिक्किम भ्रमणमा निस्किएको थियो । मंगलबार सिक्किमा हिमपहिरो गएपछि धेरैले ज्यान गुमाए । त्यही हिमपहिरोमा परेर भ्रमण टोलीका २ जनाको मृत्यु भयो ।

नेपाली समय अनुसार हिजो दिउँसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको थियो । मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल छन् । यो खबर आज विहान मात्रै कालिकाबासीले खबर पाए । त्यही खबर सुनेर नेपाली कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ मृतक शिवप्रसाद लामिछानेका परिवारलाई भेट्न बुधबार विहानै पुगे ।

आउँदो वैशाख १० गते हुन लागेको चितवन–२ को उपनिर्वाचनमा श्रेष्ठ सत्तागठबन्धनको तर्फबाट उम्मेदवार छन् । उनले मृतक परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए । शवलाई चितवनसम्म ल्याउन सहयोग गर्नुको साथै बालबच्चाको शिक्षादिक्षामा पनि सहयोग गर्ने प्रतिवद्धता जनायो । ‘शिवजी मेरा परममित्र हुन्, उनको निधनले निकै स्तब्ध छु, अब बाबु नानीहरुको पढाईमा समस्या आउन नदिन हरेक तवरले मेरो सहयोग रहन्छ’परिवार सामु प्रतिवद्धता जनाउँदै श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>