चितवन विशेष

राप्रपा चितवनको उपनिर्वाचन परिचालन समितिको संयोजकमा जगदिश पन्त

Banner

चितवन, चैत २२-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले उपनिर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ ।

वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुन गइरहेको उपनिर्वाचनलाई सहयोग पु¥याउन पार्टीले समिति गठन गरेको हो । समितिको संयोजकमा राप्रपाका केन्द्रीय सदस्य जगदिश पन्त रहेका छन् ।

समितिको सहसंयोजकमा राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल छन् ।  सदस्यमा राप्रपा जिल्ला सदस्य बुद्धीसागर लामिछाने, राप्रपा भरतपुर महानगरपालिका कमिटी अध्यक्ष दिपक थापा मगर, राप्रपा इच्छाकामना गाउँपालिका अध्यक्ष सोनाम हुसैन रहेका छन् । मिडिया संयोजकमा राप्रपा चितवनका भरतपुर महानगरपालिका सचिव सुलभ सिग्देल रहेका छन् । सचिवमा सन्तोष लामा मोक्तान छन् ।
राप्रपाले चितवन–२ को उपनिर्वाचनको लागि जिवलाल पुरीलाई उम्मेदवारमा उठाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>