Breaking News

नेकपा (एकीकृत समाजवादी) चितवनको अध्यक्षमा अरुणपीडित भण्डारी चयन

Banner

चितवन, चैत २२–

नेकपा (एकीकृत समाजवादी) पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज (बुधबार) बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार विभाग प्रमुख विष्णुराज महतोले जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष डा.कृष्णराज पन्त पार्टीका पोलिटव्युरो सदस्य समेत हुन् । दोहोरी जिम्मेवारीका कारण केन्द्रीय निर्देशन अनुसार पन्तले अध्यक्षबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै उक्त रिक्त पदमा उपाध्यक्ष भण्डारीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पार्टी संगठन सुदृढिकरण विशेष अभियान २०७९ संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ७ वटै पालिकामा रहेर सहजकर्ता तोक्ने निर्णय गरेको छ । जसअनुसार माडीमा नारदमणी पौडेल, कृष्णराज न्यौपाने लब्ली, विष्णुराज महतो, केशवराज पोख्रेल, रत्ननगरमा केपी लामिछाने, खैरहनीमा हेमन्त कंडेल, राप्तीमा कर्णबहादुर विश्वकर्मा, कालिका र इच्छाकामना नरेन्द्र कुमार कन्दङवालाई पालिकास्तरीय जिम्मेवारी दिने निर्णय भएको प्रचार विभाग प्रमुख महतोले जानकारी दिए ।

यस अभियान अन्तरगत जिल्ला मातहतका शाखा कमिटीहरुको गठन, पुर्नगठन, सदस्यता वितरण, सदस्यता नविकरण, कार्यकर्ता प्रशिक्षण, पार्टी सम्बद्ध जनसंगठनको गठन, पुर्नगठनलगायतका राजनीतिक र सांगठनिक कामलाई व्यवस्थित गर्ने निर्णय भएको महतोले बताए ।

बैठक पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो भने बैठकमा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>