चितवन विशेष

नारायणगढमा सेन्ट्रल कलेजले सेन्ट्रल टावर बनाउने,बैशाखदेखि निर्माणको काम सुरु हुने

Banner

चितवन,२२ चैत ।

शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले चितवनको नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर बनाउने भएको छ । कलेजले लायन्सचोकस्थित आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले भवन निर्माणका लागि डिजाइन र नक्सा पासको काम सकिएको बताउनुभयो । उहाँले बैशाखदेखि भवन निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । ‘डेढ बर्षभित्र भवन निर्माण सम्पन्न हुनेछ,उहाँले भन्नुभयो,अब आफ्ना विद्यार्थी आफ्नै भवनबाट सेवा प्रदान गर्नेछौं ।’ उहाँले अण्डरग्राउण्ड पार्किङ र लिफ्टसहित सात तलाको भवन निर्माण हुने जानकारी दिनुभयो । ‘सेन्ट्रल टावर अत्याधुनिक हुनेछ, सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिनेछ ,उहाँले भन्नुभयो ।’ पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताउनुभयो ।

बिद्यार्थीका लागि सेन्ट्रल कलेजले आफ्नै बस सेवा समेत सुरु गरेको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गरेको हो । पहिलो चरणमा पश्चिम चितवनको मेघौली चनौली र पूर्वी चितवनको पदमपुर,खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिएको छ । कलेजले निकट भबिष्यमानै पश्चिम चितवनको अन्य भाग, पूर्वी चितवनको लोथरसम्म र नवलपुरको रजहरसम्ममा विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>