Breaking News

मनमोहनका पालादेखि कै एमाले सरकारले सामाजिक सुरक्षामा काम गरेको छः गोकुल बाँस्कोटा

Banner

चितवन,चैत २२-

नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमालेले सरकारले जतिको काम कुनै पनि सरकारले गर्न नसकेको बताएका छन् । चितवन क्षेत्र नंं २ अन्तर्गत कालिका नगरकमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र सम्वृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

७० बर्ष पुगेका वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको हल्लालाई चिर्न महिनाको १ सय रुपैयाँ बृद्धभत्ता दिन एमालेले नै सुरु गरेको हो, बाँस्कोटाले भने, १ सय रुपैयाँको बृद्धभत्तादेखि महिलाहरुलाई स्यानिटरी प्याड दिनेसम्मका काम एमालेले नै गरेको हो, छात्राहरु बर्षमा ५२ दिनसम्म विद्यालय जान नसक्ने अवस्थाको अन्त्य एमालेले गरेको देख्नुभएन ? उनले पहिलोपटक एमालेले ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमार्फत महिलाहरुको सहभागीता बढाउन भूमकिा खुलेको बताए । पछि पारिएका महिलाहरुलाई राजनीतिक र सामाजिक रुपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुरयाएको हैन ? बाँस्कोटाले भने, घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा बदलाव त एमालेले नै गरेको हो नी ।

उनले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान फाल्ने महिलाहरुको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताए । रवि लामिछानेको पार्टी खहरेको खोला जस्तो भएको संज्ञा दिँदै नेता बाँस्कोटाले खहरेको काम नोक्सान गर्ने मात्रै भएको बताए । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्सन गर्नुपर्ने अवस्था आएको नेता बाँस्कोटाले भने, एमालेले उनी भन्दा युवा, यहीँका स्थानीय ब्यक्तिलाई उम्मेदवार बनाएको छ । आफू मन्त्री हुँदा ल्याएको आइटी सम्वन्धी विषयेक पास हुन मात्रै दिएको भए १० अर्व राजश्व जोगिने नेता बाँस्कोटाको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>