Breaking News

चितवन २ उपनिर्वाचनः रवि लामिछानेले बुझाए ६ पेजको स्पष्टिकरण

Banner

चितवन, चैत २२–

चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा ६ पेजको स्पष्टिकरण बुझाएका छन् ।

आज दिउँसो १२ः४० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर रविले स्पष्टिकरण बुझाएका हुन् । उनको स्पष्टकरण जाँचबुझ पछि कार्यालयले आजै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उनले बुझाएका स्पष्टीकरणका केही विषयमा थप बुझ्नका लागि कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए । आयोगबाट केही जानकारी आएपछि कार्यालयले आजै निर्णय गरेर साँझसम्म दाबी विरोध पश्चात उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने आचार्यले बताए ।

स्रोतका अनुसार स्पष्टिकरण बुझाउँदै लामिछानेले नयाँ नागरिकता अनुरुप आफूले नयाँ मतदाता नामावली अनुसार उम्मेदवारी दिएको उल्लेख गरेका छन् । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो । सोधिएका सबै प्रश्नको बुँदागत रुपमा लामिछानेले जवाफ दिएका छन् । लामिछानेविरुद्ध हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन जना उम्मेदवारले दावी बिरोध गर्दै उजुरी दिएका थिए । एउटा मेल मार्फत युवराज पौडेलले समेत उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसोसम्ममा स्पष्टिकरण माग गरेको थियो । चितवन २ मा लामिछानेसंगै २४ जनाले उम्मेदवारी दिएका छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरेपछि आउँदो वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>