Breaking News

अफगानिस्तानको लडाइमा दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथा चढ्न पुगे सोलुखुम्बु

Banner

काठमाडौं, चैत २२

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर आज (बिहान) सोलुखुम्बु प्रस्थान गरेका छन् । शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । उनका घुँडाभन्दा तलका भाग छैनन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । सगरमाथाको आधार शिविरबाट उनले स्काइडाइभिङ पनि गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>