समाचार

भरूवा बन्दुक पड्किँदा बालिकाको मृत्यु

Banner

दाङ, चैत २१-

सल्यानमा भरूवा बन्दुक पड्किँदा बालिकाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका– ७ की ९ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए।

घटनामा थप तीन जना बालबालिका घाइते भएका छन्। घाइतेमध्ये पाँँच वर्षीया यमुना आलेको अवस्था गम्भीर छ। उनको उपचार काठमाडौंमा भइरहेको छ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार यमुनालाई थप उपचारका लागि बाँकेबाट काठमाडौं लगिएको हो।

घटनामा परी घाइते भएकी तीन वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजले डिस्चार्ज गरेको श्रेष्ठले बताए। अर्का घाइते बालक ८ वर्षीय तेजेन्द्र आलेको अवस्था भने सामान्य भएकाले स्थानीय स्तरमै उपचार भइरहेको उनले जानकारी दिए।सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका उनीहरूलाई भरूवा बन्दुक पड्केर छर्राहरू लागेको श्रेष्ठले बताए।

बेलबहादुर आलेलाई भरूवा बन्दुकसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए।‘बेलबहादुरको घरको आँगनमा खेल्दै गरेका बालबालिकामाथि भरूवा बन्दुक पड्कन गई छर्राहरू लागेको भन्ने छ,’ श्रेष्ठले भने, ‘त्यो घटना कसरी हुन गयो भन्नेबारे पक्राउ परेका व्यक्तिसँग बयान लिन बाँकी नै छ।’बेलबहादुरलाई मंगलबार बेलुका मात्रै इलाका प्रहरी कार्यालय लुहामको टोलीले ल्याइपुर्‍याएको र थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>