चितवन विशेष

नेपालको पहिलो बखान सहकारीले मनायो ६६ औं सहकारी दिवस

Banner

चितवन, चैत २१-

नेपालकै पहिलो तथा चितवनको ऐतिहासिक सहकारी बखान सहकारीले ६६ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ ।

भरतपुर महानगरपालिका–१९ मा रहेको बखान सहकारीको निर्माणाधीन सहकारी संग्रहालय तथा तालिम केन्द्रमा सोमबार सहकारी दिवस मनाएको हो ।
विसं २०७४ चैत २० गते वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले करिब ९ करोड बजेट उपलब्ध गराउने प्रतिबद्धतासँगै भवनको शिलान्यास गरेका थिए । पहिलो चरणमा चार करोड ६५ लाख बजेट प्राप्त भई भवन निर्माणको काम तीव्ररुपमा अघि बढेको थियो । त्यसपछि कुनै पनि बजेट प्राप्त नहुदा करिब चार वर्षदेखि निर्माणधिन भवन अलपत्र परेको छ । संस्थाका सदस्य सोमप्रसाद भण्डारीले बताए । कार्यक्रममा भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भरतपुरको सहकारी पर्यटनमा बखान सहकारीको महत्व दूरगामी छ भन्दै यस भवनको निर्माणका लागि बजेट विनियोजनका लागि महानगरले पहल गर्ने जानकारी दिइन् ।

नेपालकै पहिलो ऐतिहासिक सहकारी भए पनि दक्ष जनशक्ति नहुँदा, सिमा क्षेत्र सानो हुँदा, विविध कारणबस सहकारी पछिपरेको र यसलाई अब विस्तृतरुपमा अघि लैजान आवश्यक कार्यहरु भइरहेको संस्थाका अध्यक्ष भक्तबहादुर गुरुङले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>