चितवन विशेष

सत्ता गठबन्धनसँग रविको प्रस्ताव: १०० दिनमात्र सरकार चलाउन दिनुहोस्, १३ मन्त्रालय चलाएर देशमा थिति कसरी बसाल्ने देखाइदिन्छौं

Banner

चितवन, चैत २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले १०० दिन सरकार चलाउन सत्ता गठबन्धनसँग प्रस्ताव राख्ने बताएका छन्। चितवनमा आज भएको चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै उनले १०० दिन सरकार चलाउन सत्ता गठबन्धनसँग प्रस्ताव राख्ने बताएका हुन् ।
सभापति लामिछानेले १० सिट जितेको दललाई प्रधानमन्त्री दिने सत्ता गठबन्धनमा सहमति भएकोले त्यसभन्दा बढी सिट भएको रास्वपाले पनि सरकार सञ्चालन गर्न पाउनुपर्ने प्रस्ताव राख्ने बताए।

सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री बनाउने समझदारी बनेको थियो।

यसतर्फ लक्षित गर्दै लामिछानेले भने, ‘१० सिट जितेको, राष्ट्रिय दल नबनेकोलाई प्रधानमन्त्री बनाउने हल्ला सुनेको छु। म प्रस्ताव राख्न चाहन्छु- १० दलको गठबन्धनलाई, १० सिटको दललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुभएछ। संविधानले दिन्छ कि दिँदैन थाहा छैन, १०० दिनमात्र सरकार चलाउन दिनुहोस्, मात्र १३ मन्त्रालय चलाएर देशमा थिति कसरी बसाल्ने देखाइदिन्छौं।’

अहिले प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत चैत ६ र पुस २६ मा रास्वपाले विश्वासको मत दिएको थियो। रास्वपा पुस १० मा बनेको गठबन्धनबाट केही समय सरकारमा गए पनि सरकारबाट बाहिरिएको थियो।

१० दलीय गठबन्धनले भने मन्त्रालय भागबन्डा गर्दा रास्वपालाई कुनै पनि मन्त्रालय छुट्टाएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>