चितवन विशेष

चितवनको रत्ननगरमा बसको ठक्करबाट एकजनाको मृत्यु

Banner

चितवन, चैत २१-

चितवनको रत्ननगरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको बा ४ ख ८९१६ नम्बरको बसले रत्ननगरको बकुलहर चोकमा आज विहान १० बजे साइकललाई ठक्कर दिँदा साइकलमा सवार बकुलहर निवासी बर्ष ७५ का कुल प्रसाद पराजुलीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका पराजुलीको चितवन मेडीकल कलेजमा उपचारको क्रममा बिहान १०ः५० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शव परिक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । बस चालक मकवानपुर जिल्ला मनहरी गाँउपालिका बस्ने २४ बर्षिय मिलन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना पश्चात् स्थानियले केहीबेर सडक अबरुद्ध समेत गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>