चितवन विशेष

भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा विजयराज न्यौपाने नियुक्त

Banner

चितवन, चैत २१–

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा विजयराज न्यौपाने नियुक्त भएका छन् । क्यान्सर अस्पतालका पूर्व उपनिर्देशक न्यौपानेलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले अस्पतालको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिका–१२ जयमंगलामा विसं २०१७ साल पुस २३ गते जन्मिएका न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गरे। कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गरे । त्यहीबाट उनले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा न्यौपाने एक थिए ।

उनले विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्रेका थिए । त्यस पछि २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताए । २०६० सालमा एमडी उत्तीर्ण गरी त्यसपछिको उनको जीवन वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

नेपाल चिकित्सक संघका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहेका उनले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आएका छन् ।

क्यान्सर अस्पतालमा बिभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>