चितवन विशेष
चितवनमा पाँच महिनापछि पुनः देखियो कोरोना संक्रमण, एकै दिन दुई जनामा पुष्टि
०

चितवन,चैत २१-
चितवनमा पुनः कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्लाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा गएको एन्टिजेन परीक्षणमा कालिका नगरपालिकाका ४५ वर्षिया एक जना महिला र र भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतको स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा अर्को एक जना महिलामा गरी दुई जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा आज ८ वटा नमूना परीक्षण गर्दा एक वटा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जिल्लामा गत कात्तिक ११ गते ३ जनामा संक्रमण देखिएपछि हालसम्म कोरोना संक्रमण देखिएको थिएन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























