चितवन विशेष

भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार

Banner

चितवन,चैत २१-

भरतपुर अस्पतालले इण्डोर फार्मेसीको समय विस्तार गरेको छ। अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो। यसअघि इण्डोर फार्मेसी बिहान ९ देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गर्दथ्यो। बिरामीको सहजताका लागि फार्मेसीको समय विस्तार गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। भरतपुर अस्पतालले हाल पाँच वटा फार्मेसीहरु सञ्चालन गरेको छ। ती हुन्, स्वास्थ्य बीमा फार्मेसी, ओपिडी, इमरजेन्सी (२४ सैँ घण्टा खुला), निःशुल्क औषधि र इण्डोर फार्मेसी।

बिरामी तथा सेवाग्राहीहरुलाई सुलभ एवं गुणस्तरीय सेवा पुर्‍याउन भन्दै सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका जारी गरेको छ। सोही निर्देशिका अनुसार भरतपुर अस्पतालले पनि २०७४ सालदेखि आफ्नै फार्मेसी सञ्चाालन गरिरहेको छ। अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

१४ जना फर्मासिस्टबाट सुरु गरिएको फार्मेसीमा हाल २४ जना जनशक्ति छन्। बिरामीको चाप र माग अनुसार उक्त जनशक्ति पर्याप्त नभएको अस्पतालले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>