चितवन विशेष
चितवन–२ को उपनिर्वाचनको लागि २४ जनाले गरे उम्मेदवारी दर्ता
०

चितवन, चैत २०
चितवन–२ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र हिसाबले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले नारायणी अनलाइनलाई जानकारी दिएका हुन् । स्वतन्त्र उम्मेदवार १२ जनामध्ये २ जना महिला उम्मेदवार हुन् ।
भोलि चैत २१ गते मंगलबार दाबी विरोधको समय रहेको र २३ गते स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिइने आचार्यले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























