Breaking News

लेवाटारमा भारतीय नम्बरको ग्यास ट्यांकर पल्टिदा एक जनाको मृत्यु

Banner

चितवन, चैत २०–

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवटारमा ग्यास बोकेको भारतीय नम्बरको ट्यांकर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ग्यास ट्यांकर अनियन्त्रित भएर सडकमा पल्टिएको मुग्लिन ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका एक जनाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर पठाइएको प्रहरी जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण आउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>