Breaking News

नेविसंघ चितवनका नेता वसन्त गैरे पक्राउ, तत्काल बिना सर्त रिहा गर्न नेविसंघको माग

Banner

चितवन, चैत १९–

नेपाल विद्यार्थी संघ चितवनका नेता वसन्त गैरे पक्राउ परेका छन् ।

शनिबार खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा भएको तोडफोड र आगजनिको विषयलाई लिएर गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । नेविसंघ चितवनका सभापति राजेश भुषालले एक विज्ञप्ती जारी गर्दै नेता गैरेलाई पक्राउ गरिएको घटनाप्रति घोर भत्र्सना गरेका छन् । पक्राउ परेका गैरेलाई बिना सर्त रिहा गर्न प्रहरी प्रशासनलाई नेविसंघले आग्रह गरेको छ । उनलाई तत्कालै रिहा नगरे यसबाट सिर्जित हुन सक्ने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वंम प्रशासनले लिनुपर्ने चेतावनी दिएको छ ।

खैरहनीको रामपुर कृषि क्याम्पसमा केहीदिन पहिले एकलौटी ढंगबाट स्ववियू निर्वाचन भएको भन्दै नेविसंघले विरोध जनाउँदै आएको छ । सोही घटनामा एक जना नेता घाइते भएका छन् । उनको हाल चितवन मेडिकल कलेजमा उपचाररत छन् । सोही विषयलाई लिएर शनिबार क्याम्पसमा तोडफोड र आगजनि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>