Breaking News

चितवन –२ को उपनिर्वाचनमा राप्रपाबाट रविन्द्र मिश्र र रेखा थापाको चर्चा

Banner

चितवन, चैत १६-

चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिन वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र नेतृ रेखा थापाको समेत चर्चा चलेको छ ।

राप्रपा चितवनको बैठकमा नेता तथा कार्यकर्ताले मिश्र र थापा वा अन्य राष्ट्रिय स्तरको नेता उठाउनुपर्ने आवाज उठाएका हुन् । यस्तै राप्रपाका महामन्त्री शरद पाठकको पनि चर्चा छ । उनी चितवन निवासी हुन् । जिल्लाका नेता जीवलाल पुरी, भरतमणि भट्ट र शुलभ सिग्देलको समेत उम्मेदवारका लागि चर्चा छ । राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले भोलि मात्र पार्टीले उम्मेदवारबारे निर्णय लिने जानकारी दिए ।

चितवन–२ को उपनिर्वाचनमा एमालेबाट चितवन जिल्लाका अध्यक्ष युवा नेता रामप्रसाद न्यौपाने, कांग्रेसबाट पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसै क्षेत्रबाट यसअघि निर्वाचन जितेका सभापति रवि लामिछाने उम्मेदवार बन्ने भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>