Breaking News

चितवन २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

Banner

प्रतिमा कुमाल

चितवन, चैत १८–

आगामी बैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि आज (शनिबार) भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला अदालत चितवनको प्रमुख तथा प्रमुख निर्वाचन अधिकृत बासुदेव न्यौपाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उमेद्वारहरुले उमेद्वारी मनोनयन दर्ता गर्न सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘२० गते मनोनयन दर्ता गर्ने सन्दर्भमा रहेका छौं । २३ गते मनोनयन दर्ता टुङ्गाएर वैशाख १० गते निर्वाचन गर्ने तयारीमा छौं ।’

न्यौपानेले निर्वाचनलाई धाधलिरहित बनाउने प्रतिवद्धता जनाउनुभयो । ‘यो चुनावमा जुन प्रतिनिधि जनताले चुन्छन् त्यो चुन्ने क्रम प्रकृया निश्पक्ष हुनुपर्छ । धाललिरहित हुनुपर्छ । विश्वसनिय हुनुपर्छ भन्ने मुल मान्यता छ । त्यही सन्दर्भमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपनिर्वाचन निश्पक्ष, स्वच्छ धाधलिरहित, विश्सनीय बनाउने छ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो । विगतमा जसरी निर्वाचनको प्रकृयामा जनताको सहयोग रहने अपेक्षा न्यौपानेले राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले चितवन क्षेत्र नम्बर २ मा ४८० जना नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गएको निर्वाचनमा एक लाख २४ हजार २१५ मतदाता थिए, अहिले ४८० जना थिपिएका छन् ।’ मतदान स्थल ४३ र मतदान केन्द्र १३८ वटा रहेको कार्कीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>