चितवन विशेष
भरतपुरका विभिन्न स्थानमा आज दिनभर विद्युत अवरुद्ध हुने
०

चितवन, चैत १८–
विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा आज (शनिबार) दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
शनिबार विहान ७ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले आँपटारीदेखि बसपार्क क्षेत्रमा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले दिनभर विद्युत अवरुद्ध हुन लागेको जनाएको हो ।
केन्द्रको सूचना अनुसार गणेशस्थान, न्यू फिडर, आद्योगिक २, औद्योगिक १, हस्पिटल, भरतपुर १ र नारायणगढ फिडरमा विद्युत अवरुद्ध हुन लागेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>