Breaking News
प्रधानमन्त्रीका अगाडि नाराबाजी गरेका तीन युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान
०

काठमाडौं, चैत १७
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई व्यवसायी दुर्गा प्रसाईले खादा र माला लगाएर सम्मान गरेका छन् । आज एक पत्रकार सम्मेलनमा उनले तीन युवालाई सम्मान गरेका हुन् ।
प्रसाईले मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाए ।
‘उहाँहरू हाम्रो अभियानसँग जोडिनुभएका व्यक्ति होइन । तर, हामीसँग मिल्ने एजेन्डाहरू उठाउनुभएको हुँदा उहाँहरूलाई सम्मान गर्न चाहेका हौं,’ प्रसाईले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>