चितवन विशेष

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालद्धारा बाईपास सडकमा वृक्षरोपण

Banner

चितवन, चैत १७–

भरतपुरको बाईपास रोड अन्र्तगतको विशालचोकदेखि मालपोतचोकसम्मको डिभाईडरमा वृक्षरोपण गरिएको छ । शुक्रबार वृक्षरोपण कार्यक्रमको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वृक्षरोपण गर्नुभयो ।

सो क्रममा बोल्दै महागनर प्रमुख दाहालले भरतपुरका बनेका सयौ किलोमिटर सडकलाई सौन्र्दयकरणलाई प्राथामिकतामा राखेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लाएक शहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको बताउनुभयो ।

महानगर प्रमुख दाहालले भरतपुरमा राष्टिय वन, सामुदायिक वन भएपनि स्वच्छ, हराभरा सहरका रुपमा परिचत गराउन सहर क्षेत्रमा पनि वृक्षरोपणलाई विषेश महत्व दिएको उहाँको भनाई छ ।

भरतपुर बाइपास रोडमा भएका डिभाईडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिकाको सहकार्यमा सिजियम र बौगेनवेलयिाको ३ फिट अग्लो बिरुवाहरु लगाईने छ । सिजियम र बौगेनवेलयिा ३ मिटरको फरकमा रोपिने छ भने त्यसमा कार्पेटग्रास लगाईने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्पति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.करण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

शहरमा वृक्षरोपण गर्नाले ४देखि ५ डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले शहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथामिकता दिनुपर्ने आल्यौउनुभयो । बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उहाँको भनाई थियो ।

भरतपुर महानगरपालिकाकले भरतपुरमा रहेका ६ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति नै लिएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>