चितवन विशेष

कम्युनिटी कोचिङ कोर्षमा उतीर्ण प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण

Banner

चितवन, चैत १७–

चितवन जिल्ला फुटबल संघले कम्युनिटी कोचिङ कोर्षमा सहभागी भई उतिर्ण प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

संघले गत वर्ष सम्पन्न कोचिङ कोर्षमा सहभागी भई सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षामा उतिर्ण भएका प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरेको हो । संघको आयोजनामा सम्पन्न कोचिङ कोर्षमा चितवनका २९ जना फुटबल प्रशिक्षकहरु सहभागी थिए ।
कोचिङ कोर्षमा सहभागी सबै २९ जना नै उतिर्ण भएको संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो । उनीहरुले अब जिल्ला तहका क्लब र १६ वर्ष मुनिका विद्यालय टिमलाई प्रशिक्षण गर्न सक्ने समेत ढकालले बताउनुभयो ।

यससँगै उनीहरु एएफसी सि कोचिङका लागि पनि योग्य भएका छन् । सि कोचिङ कोर्ष संघले छिट्टै आयोजना गर्न अध्यक्ष श्री कृष्ण कार्कीले बताउनुभयो । कम्युनिटी कोचिङ कोर्षमा उतिर्ण सबै प्रशिक्षकहरु माझ अब चितवनको फुटबल हाक्ने जिम्मेवारी आएको कार्कीको भनाइ छ । सोही कार्यक्रममार्फत संघले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान समेत गरेको छ ।

यसैबीच संघले छिट्टै रेफ्रीको प्रशिक्षण पनि आयोजना गर्ने भएको छ । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरसँगको सहकार्यमा प्रशिक्षण आयोजना गरिने संघका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । यसका लागि संघले आन्तरिक तयारी समेत सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>