चितवन विशेष
लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ
०

चितवन, चैत १७–
लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा सुविर श्रेष्ठ चयन भएका छन् । नारायणगढमा भएको २०औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत स्न २०२३/२४ को कार्यसमिति चयन गरिएको हो ।
क्लवको प्रथम उपाध्यक्षमा दिपक काफ्ले, द्धितीय उपाध्यक्षमा वर्णवाल, तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा तुलसी सापकोटा, सह–सचिवमा विश्व भट्टराई, कोषाध्यक्षमा रविन कुमार श्रेष्ठ, पिआरओ गुञ्जन कुमार श्रेष्ठ, टेमरमा देवेन्द्र पौडेल चयन भएको अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए ।
यस क्लव सन् २००३ मा स्थापना भएको हो । यसै क्लवका पूर्व अध्यक्ष सिद्धार्थलाल चुके हाल डिष्ट्रिक्ट गभर्नर छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>