अन्तर्राष्ट्रिय

ट्रम्पविरूद्ध आपराधिक अभियोग, आत्मसमर्पण गर्ने अपेक्षा

Banner

न्युयोर्क, चैत १७

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ।

द न्युयोर्क टाइम्सका अनुसार म्यानहटन ग्रान्ड ज्युरीले उनीविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय बिहीबार गरेको हो। अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा अनुसन्धान भएको थियो। ट्रम्पमाथि अरू के(के मुद्दामा अभियोग लगाइएको छ भन्नेबारे विस्तृत खुलिसकेको छैन।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ। अब ट्रम्पले अदालतसमक्ष आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ। उनी आगामी मंगलबार अदालती प्रक्रियाका लागि अदालतमा पुग्ने बताइएको छ।

आत्मसमर्पण नगरे उनलाई पक्राउ गरिनेछ। पूर्वराष्ट्रपति भएकाले उनलाई हतकडी लगाउनेरनलगाउने टुंगो छैन।

ट्रम्पले भने आफू निर्दोष रहेको दाबी गर्दै पछिल्लो घटनाक्रमलाई उग्र डेमोक्र्याटहरूको योजनाअनुसार आफूलाई फसाउने षडयन्त्र भएको बताएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>