समाचार

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

Banner

‘हामी तपाईंको समस्या समाधान गछौं । नो प्रोब्लम हामी सहयोग गर्न सक्छौं’,बाँझोपनको उपचारका लागि अस्पताल पुगेकी बेलायतको योर्कसायरकी जेनिफर हानिइटनलाई चिकित्सकले दिएको आश्वासन हो यो । ती चिकित्सक जेनिफरका पति सियारनतर्फ फर्कन्छन् र भन्छन्, ‘तपाईंका लागि हामीले गर्न सक्ने उपचारको सम्भावना अत्यन्त न्यून छ ।’

जेनिफरलाई डिम्ब उत्पादन गर्न समस्या हुने रोगुपोलिसिस्टिक ओभारियन सिन्ड्रोम छ । यसले उनको प्रजनन क्षमतालाई प्रभाव पार्न सक्छ। चिकित्सकले उनका पति सियारनसँग पनि प्रजननसम्बन्धी समस्या भएको आशा गरेका थिएनन् । प्रयोगशालामा गरिएका परीक्षणले सियारनले उत्सर्जन गर्ने शुक्रकीटको संख्या अत्यन्त कम रहेको र गतिशिलता पनि न्यून रहेको देखाएको थियो।

जेनिफरको समस्याभन्दा उनका पति सियारनको समस्या निदान गर्न कठिन अथवा झन्डै असम्भव रहेको चिकित्सकको निष्कर्ष थियो। चिकित्सकले त्यसो भनिरहँदा आफ्ना पतिले दिएको प्रतिक्रिया अझै पनि जेनिफर स्मरण गर्छिन् । मेरा पतिले ठुलो आघात र शोक प्रकट गरेका थिए । चिकित्सकको भनाइलाई उनले स्वीकार्न सकेका थिएनन् । ‘चिकित्सकीय परीक्षण गलत भएको उनले ठानेका थिए’, जेनिफरले भनिन् ।

त्यसपछि सियारनको मानसिक स्वास्थ्य बिग्रन थाल्यो । एक्लै बस्न रुचाउने, बेडमा धेरै समय रहने र आफूलाई खुसी राख्न मदिरा सेवन गर्ने आदतले उनमा झन् समस्या थपेको थियो । ‘म क्रमशस् संकटको एउटा गहिरो र अँध्यारो बिन्दुतर्फ धकेलिँदै थिएँ’, सिवारन भन्छन् । कुल अनुपातमा पुरुष बाँझोपनको हिस्सा झन्डै ५० प्रतिशत छ । पुरुषको कुल जनसंख्यामा ७ प्रतिशतमा यो समस्या छ । यो समाचार नागरिक दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>