Breaking News

चितवनमा १० हजार ८५४ विद्यार्थीले एसईई दिँदै, तयारी पूरा

Banner

चितवन, चैत १६-

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरू हुँदैछ ।

एसईईमा चितवनमा १० हजार ८५४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको चितवन शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ । एसईई परीक्षाका लागि प्रश्नपत्रहरू चितवनका ४२ वटा केन्द्रसम्म पु¥याइसकिएका छन् ।
यसपालि एसईईका लागि चितवनमा एक हजार ६३९ पर्यवेक्षक तथा कर्मचारीहरु खटाइएको समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए । चितवनमा एसईई दिने १० हजार ४७२ विद्यार्थीहरु मध्ये छात्रा पाँच हजार ३६४ र छात्र पाँच हजार ४९० रहेका छन् । त्यसैगरी प्राविधिक धारतर्फ २५१ र ग्रेड वृद्धिका १३३ जना विद्यार्थी रहेका छन् । चितवनमा सात वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने गरेको छ ।

चितवन शिक्षा विकास र समन्वय इकाइ प्रमुख सुवेदीले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका ४२ वटा केन्द्र मध्ये भरतपुर महानगरपालिकामा २२ वटा, रत्ननगर नगरपालिकामा सात वटा, खैरहनी नगरपालिकामा चार वटा , राप्तीमा दुईवटा, माडीमा दुई वटा, कालिका नगरपालिकामा दुई वटा र इच्छाकामना गाउँपालिकामा दुई वटा केन्द्रहरु रहेका छन् । चितवनबाट रत्ननगरको बछौली केन्द्रबाट तीन जना दृष्टिबिहीन विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । समन्वय इकाइ प्रमुख सुवेदीले सम्पूर्ण एसईईका केन्द्राध्यक्षहरुलाई अनुशिक्षण गरेर आआफ्नो जिम्मेवारीमा खटाइएको बताए । उनले भोलि बिहान ८ बजेबाट हुने परीक्षाको लागि सबै तयारी सकिएको र सबै केन्द्रमा गरेर ६३० जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>