Breaking News

चितवनमा तोरीखेतीप्रति किसान आकर्षित, माडीमा १७०० मेट्रिक टन तोरी उत्पादन

Banner

निरुता विक

चितवन, चैत १५–

चितवनको माडी नगरपालिकामा तोरीको उत्पादन बढेको छ ।

माडी नगरपालिकाको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीको उत्पादन बढेको हो ।

गत वर्ष माडीमा १३ सय हेक्टर क्षेत्रफलमा १२ सय मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष १७ सय हेक्टर क्षेत्रफलमा १७ सय मेट्रिक टन उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । पौडेलका अनुसार माडीमा यस वर्ष तोरी उत्पादन क्षेत्र १० प्रतिशतले बढेको छ । तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । उनले भने, ‘गत वर्ष भन्दा यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा १० प्रतिशत बढेको छ, जसकारण तोरी उत्पादनमा पनि वृद्धि भएको छ ।’ पौडेलका अनुसार माडीमा यस वर्ष तोरीको उत्पादकत्व एक टन पर हेक्टर रहेको छ । तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको पौडेलले जानकारी दिए ।
उनले यस वर्ष १० प्रतिशत तोरी उत्पादन भएको जानकारी दिए । उनले सिँचाइ क्षेत्र बिस्तार हुनाले, तोरीको मूल्य राम्रो आउनाले, नगरपालिकाले विभिन्न कृषिसँग सम्बन्धित कार्यक्रम गर्नाले तोरीखेती प्रति किसान आकर्षित भएको बताए । माडीका किसानले तोरीखेतीमा बढी मात्रामा सल्फर प्रयोग गर्ने गरेको उनको भनाइ रहेको छ । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको पौडेलले बताए ।

माडी नगरपालिका–३ का कृषक ओमप्रकाश महतोले यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको बताए । यस वर्ष तोरीका लागि मौसम अनुकुल भएका कारण र रोग, कीराको प्रकोप कम भएकाले उत्पादन बढेको बताए । महतोले भने, ‘गत वर्ष १०० हेक्टर क्षेत्रफलमा तीन मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष सोही क्षेत्रफलमा सात मेट्रिक टन पाँच क्विन्टल तोरी उत्पादन भएको छ । गत वर्षको समयमा पानी नपर्नाले तोरी उत्पादन कम भएकोले तोरी उत्पादन घटेको उनको भनाइ रहेको छ । उनले तोरीखेतीमा बढी मात्रामा पोटास,एमोनियम सल्फेट प्रयोग गर्ने गरेको बताए । यसको प्रयोगले तेलको उत्पादन बढी हुने गरेको उनको भनाइ छ । रासायनिक मलको सट्टामा किसानले यसको प्रयोग गर्ने गरेको भए पनि यसले माटोको उर्बराशक्तिमा कम हुने उनले जानकारी दिए ।

माडी नगरपालिका–५ का कृषक दिपक क्षेत्रीले तोरीखेती प्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा आफूले पनि यस वर्ष तोरीखेती गरेको बताए । अघिल्लो वर्ष तोरीखेती नगरे पनि यस वर्ष तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा दुई हेक्टर क्षेत्रफलमा तोरी खेती गरेको उनको भनाइ छ । उनले भनेर्, दुई हेक्टर क्षेत्रफलमा १.५ मेट्रिक टन तोरी उत्पादन भएको छ, पहिलो पटक तोरी खेतीगर्दा १.५ मेट्रिक टन तोरीउत्पादन हुनु राम्रै हो । ’ उनले तोरीखेतीमा पोटास, एमोनियम सल्फेट प्रयोग गर्ने गरेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>