चितवन विशेष

भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध,पाँच हजारसम्म जरिवाना हुने

Banner

चितवन,चैत १५-

चितवनको भरतपुर अस्पताल क्षेत्रमा गुट्खा निषेध गरिएको छ । अस्पतालले आज (बुधबार) सूचना जारी गर्दै अस्पताल परिसर क्षेत्रमा धुम्रपान तथा मद्यपान निषेधित क्षेत्र भएको भन्दै गुट्खा,चुरोट,पराग, बिडी र खैनी जस्ता सूर्तिजन्य पदार्थ तथा मादक पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न भनेको छ । यदि कसैले अटेर गरेर सूर्तिजन्य पदार्त बिक्री वितरण सेवन गरेको पाइएमा कारवाही गर्ने अस्पतालले जनाएको छ । भरतपुर अस्पताल प्रशासनले सेवन गरेको पाइएमा एक हजार र बिक्री वितरण गरेको पाइएमा पाँच हजार जरिवाना गर्ने सूचना मार्फत जानकारी गराएको छ । अस्पतालले कडाइका साथ कार्यान्वयन गर्नका लागि सुरक्षा गार्ड कर्मचारी परिचालन गर्ने जनाएको छ ।

‘अस्पतालमा नियमित हुने सरसफाईका क्रममा सबैभन्दा बढि फोहोर गुट्खाका कागज भेटियो,अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भन्नुभयो,‘गुट्खाको खोल सरसफाईमा चुनौती बनेपछि निषेध गरेका हौं ।’ उहाँले हरेक शनिवार अस्पताल परिसरको क्षेत्र सरसफाई हुने गरेको भन्दै त्यसमा सहभागि हुन सबैलाई आब्हान गर्नुभयो । अस्पताल छेउछाउका पसलहरुले समेत लुकाइछिपाइ सूर्तिजज्य पदार्थ बिक्रीवितरण गरेको पाइएको भन्दै उहाँले पत्राचार गरेरै बिक्री नगर्न भनेको बताउनुभयो । भरतपुर अस्पतालमा दैनिक १२ देखि १४ सयसम्म विरामी आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>