चितवन विशेष

सर्वशक्ति सहकारीको स्थापना दिवसमा भरतपुरमा १६ महिलासहित ८५ जनाद्वारा रक्तदान

Banner

चितवन, चैत १५-

भरतपुर महानगरपालिका–२ मा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले स्थापना दिवसको अवसरमा बुधबार गरेको रक्तदान कार्यक्रममा १६ जना महिलासहित ८५ जनाले रक्तदान गरेका छन् ।

साकोसका व्यवस्थापक खगेन्द्र घिमिरेका अनुसार २०६८ सालमा स्थापना भएको उक्त साकोसले प्रत्यक वर्ष स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान आयोजना गर्दै आएको हो ।

यस वर्ष पनि स्थापना दिवसको अवसर पारेर साकोसले रक्तदानलगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि सकोस सञ्चालक समिति, कर्मचारी र उपसमितिमा रहेका सदस्यहरुको लागि दुई दिवसीय कार्ययोजना तर्जुमा कार्यशाला पनि आयोजना गरेको थियो ।

भरतपुर–२ क्षेत्रपुरमा मुख्य कार्यालय रहेको उक्त सकोसले भरतपुर–१६बिजयनगर, भरतपुर–१५ फूलवासीमा सेवा केन्द्र सञ्चालनमा छन् । एक हजार ६८० शेयर सदस्यहरु रहेको उक्त साकोस जिल्ला भित्रको उत्कृष्ट साकोस मध्येमा गनिन्छ ।

तस्विर सौजन्य: पत्रकार शान्ता अधिकारी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>