चितवन विशेष

रास्वपा सरकारमा जानु समयको मागः उपसभापति अर्याल

Banner

भरतपुर,चैत १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताउनुभएको छ ।

चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आउनुभएका अर्यालले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताउनुभयो । सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उहाँले सरकारमा जान आतुर भने नभएको बताउनुभयो ।

“सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो । सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ”, उहाँले भन्नुभयो । सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उहाँले बताउनुभयो । सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उहाँको भनाइ छ ।

संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उहाँले रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताउनुभयो । संसद्मा आफ्नो पार्टीबाट सांसदको प्रस्तुति फरक रहेको भन्दै उहाँले संसदमा बोल्दा विषयवस्तु माथि टेकेर बोल्ने गरेको बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>