Breaking News

रक्सौल–काठमाडौं रेलको डीपीआर एक महिनामा तयार हुने

Banner

काठमाडौँ, चैत १३-

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले रक्सौल–काठमाडौंको रेल वेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्र तयार हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले भारत सरकारको सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म बनाउन लागिएको रेलवेको डीपीआर एक महिनाभित्रै पाउने अपेक्षा रहेको बताए ।

‘एक महिनाभित्र रक्सौल–काठमाडौंको रेलवे सञ्चालन सेवाको निम्ति भारत सरकारको सहयोगमा गरिएको डिटेल प्रतिवेदन पाउने हामी अपेक्षामा छौं । हामीलाई त्यस्तो जानकारी गराउनुभएको छ,’ उनले भने । यस्तै केरूङ–काठमाडौंको रेलवे सेवा पनि चीन सरकारबाट सम्भाव्यता अध्ययन प्रक्रिया पनि सुरू गरिने उनले बताए ।

‘केरूङ–काठमाडौंको रेलवे सेवाको निम्ति चीन सरकारबाट सम्भाव्यताको अध्ययन ठोस रूपमा सुरूवात गराउने काम भएको छ,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>