Breaking News

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै द्वन्द्वपीडितद्वारा सर्वोच्चमा रिट

Banner

काठमाडौं, चैत १२-

‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा द्वन्द्वपीडितको तर्फबाट रिट परेको छ ।

द्वन्द्वपीडितहरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आज सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलले ‘जनयुद्ध दिवस’ बारे रिट आएको र यसमा अध्ययन भइरहेको जानकारी दिए । ‘रिट आएको छ, यसबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने ।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो । मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । ‘जनयुद्ध दिवस’ लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>