Breaking News
चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

चितवन, चैत १२-
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् ।
आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणाधिन क्रिकेट रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व सरकार आफै वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गरे । उनले राज्यले गर्नुपर्ने काममा व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले पनि देखाएको छ । यसै सन्दर्भमा भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्वारा निर्माणधिन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरुको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रुपमा रहनसक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफै वा भरतपुर महानगरपालिका लिनेगरी निर्णय गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।’

sf7df8f}F, @! c;f/ M
/fli6«o;efsf] ;f]daf/sf] a}7sdf ljz]if ;dodf af]Nb} ;b:o lvdnfn b]jsf]6f . tl:a/ M /Tg >]i7÷/f;;