देश/प्रदेश

राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ चाहिँदैन, उपराष्ट्रपतिको काम छैन: रघुजी पन्त

Banner

काठमाडौं, चैत १२–

नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले सल्लाहकार राख्ने प्रावधान सच्याउनुपर्ने बताए । राष्ट्रपति प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन । राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन । कानुनमा यो राखिए पनि यो संशोधन गर्न जरुरी छ । राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ’, सांसद पन्तले भने, ‘राष्ट्रपतिले नियमित सरसल्लाह गर्ने, चल्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट नै हो ।’

उनले राष्ट्रपतिले परराष्ट्र सल्लाहकार राखिएको विषय समाचारमा देखिएको भन्दै परराष्ट्र मामिला परराष्ट्र मन्त्रालयबाट मात्र चल्नुपर्ने बताए । पन्तले परराष्ट्र सल्लाहकार नियुक्त भएको हो कि होइन ? भन्दै प्रश्न समेत गरे । उनले उपराष्ट्रपतिको काम नै नभएको पनि जीकिर गरे । “हामीकहाँ उपराष्ट्रपतिको काम नै छैन । हामी उपराष्ट्रपति निर्वाचित गर्छौ’, उनले भने, ‘काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी हुँदैन ।’
राष्ट्रियसभाको अध्यक्षको अवधि सकिएपछि कानुन संशोधन गरेर उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था गर्दा उचित हुने उनले बताए । त्यसो गरिए खर्च पनि कम हुने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>