अन्तर्राष्ट्रिय

अब अन्तरिक्षमा हुनेछ ब्रेन ट्युमरको उपचार !

Banner

चैत १२-

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने योजना बनाएको छ । जसको उद्देश्य उपचार नै नहुने बच्चाको ब्रेन ट्युमर तथा मांशपेशीको उमेर बढाउने प्रक्रियाका बारेमा अनुसन्धान गर्नु हो । बेलायती अन्तरिक्ष एजेन्सीले एक विज्ञप्तिमा भनेको छ कि २६ लाख पाउण्ड बजेट रहेको सो परियोजना सन् २०२५ सम्ममा अन्तरिक्षमा लञ्च गरिनेछ । यसको नतिजालाई विश्लेषण गर्नका लागि पृथ्वीमा फर्किनु अघि ६ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा अन्तरिक्षयात्रीहरुद्वारा यसको निगरानी गरिनेछ ।

ब्रेन ट्युमरको उपचार कसरी ?

इन्स्टिच्यूट अफ क्यान्सर रिसर्चको डी एमजी टू नामक परियोजनालाई बेलायती अन्तरिक्ष एजेन्सीले यहीँ विषयमा अनुसन्धानका लागि १२ लाख पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएको छ । यो परियोजनाको उद्देश्य नै मिडलाइन ग्लियोमालाई कसरी फैलाउन सकिन्छ भनेर बुझ्नु हो । यो बालबालिकामा प्राइमरी हाई ग्रेड ब्रेन ट्युमरका लागि जिम्मेवार तत्व हो । हालसम्म यसमा रहेका विभिन्न खालका कोसिकाहरुका कारण यसको उपचार असम्भव हुने गरेको छ ।

साथै अन्तरिक्ष एजेन्सीले युनिभर्सिटी अफ लिभरपुलको माइक्रोएज २ परियोजनाका लागि १४ लाख पाउण्ड उपलब्ध गराएको छ । यसबाट अन्तरिक्षयात्रीहरुको मांसपेशी अन्तरिक्षमा कसरी कमजोर हुन्छन् भन्ने कुरा पत्ता लगाउनेछ । एक बेलायती मन्त्रीका अनुसार यो अनुसन्धानले विश्वभरका मानव जाति तथा स्वास्थ्य प्रणालीलाई ठूलो लाभ पुग्नेछ ।

अन्तरिक्षमा माइटोकोन्ड्रियाको भूमिका

बेलायती अन्तरिक्ष एजेन्सीका प्रमुख कार्यकारी डाक्टर पल बेटका अनुसार कोशेढुंगा मानिएको यो अनुसन्धानले अन्तरिक्षको क्षमतालाई बुझ्ने, विज्ञानमा क्रान्ति ल्याउने तथा हाम्रो जीवनमा फाइदा पुर्‍याउनमा सहयोग गर्नेछ ।

अनुसन्धान ट्यूमरको वृद्धि रोक्नका लागि नयाँ विचारमा काम गर्ने आइडिया पनि प्रदान गर्नेछ । माइक्रोएज २ का लागि अन्तरिक्ष स्टेशनमा सूक्ष्म गुरुत्वाकर्षणको प्रभावको निरीक्षण गर्ने तथा परीक्षण गर्नकालागि प्रयोगशालामा विकशित मानव मांसपेशीको उपयोग गरिनेछ । यसबाट मानव कोशमा रहने माइटोकोन्ड्रियाले अन्तरिक्षमा मांशपेशीको क्षतिमा भूमिका खेल्छ कि खेल्दैन भन्ने कुरा पत्ता लगाउन सकिनेछ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>