चितवन विशेष

एक्सपर्ट चितवनलाई ‘नेपालको उत्कृष्ट शाखा २०२२’ को अवार्ड

Banner

चितवन, चैत १२–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखा नेपालमा रहेका शाखाहरु मध्ये वर्ष २०२२ को उत्कृष्ट शाखा घोषित भएको छ । काठमाडौँमा सम्पन्न विशेष कार्यक्रममा एक्सपर्ट चितवनलाई नेपालका विभिन्न शाखाहरु मध्ये उत्कृष्ट शाखाको अवार्डं प्रदान गरिएको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको को–फाउण्डर संजीव शर्माले उक्त अवार्ड चितवनलाई प्रदान गरेका थिए । चितवनका निर्देशक डिल्लीराम अधिकारी, किरण पौडेल, कल्पना श्रेष्ठ, प्रचण्ड हमाल र मिना तिमिल्सीनामाले उक्त अवार्ड ग्रहण गरेका थिए ।

एक्सपर्टको मुख्य कार्यालय अष्ट्रेलियामा रहेको छ भने नेपालका पूर्वदेखि पश्चिम सम्ममा जिल्ला शाखाहरु रहेका छन् । एक्सपर्टले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, न्यूजील्याण्ड जानका लागि परामर्श दिँदै आइरहेको छ । चितवनमा एक्सपर्टको दुई शाखा रहेका छन् ।

भरतपुरस्थित होटेल रोयल सेन्चुरीको पछाडी आफ्नै भवनबाट एक्सपर्टले सेवा दिइरहेको छ भने पूर्वीचितवनको बकुलहर चोकबाट एक्सपर्ट परामर्श दिँदै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>