चितवन विशेष

गीतानगरमा पाँच सय ७५ जनाको निःशुल्क आँखा परीक्षण

०
Banner

चितवन, चैत १२–

नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरको आयोजना तथा भरतपुर आँखा अस्पतालको सहयोगमा गीतानगरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको । सो शिबिरमा ५ सय ७५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो ।

उपशाखाका सह–सचिब एबं स्थानीय समाजसेवी उपेन्द्र पण्डितका अनुसार शिबिरमा सहभागी मध्ये २६ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । यस्तै १७० जनालाई निःशुल्क चस्मा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाका सभापति हरि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेवाग्राहीहरुले गाउँमानै शिविर ल्याएर सेवा दिएको भन्दै रेडक्रस र आँखा अस्पतालाई धन्यवाद दिएका थिए ।

प्रमुख अतिथि पौडेलले समाजको सेवाका लागि स्थापित रेडक्रसले सामाजिक कामहरुलाई आफ्नो मर्मको रुपमा काम गर्ने बताउनुभयो । कार्यक्रम संयोजक सरोज कोईरालाकोअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>