Breaking News

नेपाल कराते महासंघको अध्यक्षमा पुनः युवराज लामा, कोषाध्यक्षमा भट्टराई (नामावलीसहित)

०
Banner

चितवन, चैत १२–

चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा सम्पन्न महाधिवेशनबाट नेपाल कराते महासंघको अध्यक्षमा पुनः युवराज लामा चयन भएका छन् । दशकपछि भएको महाधिवेशनबाट लामाको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी चयन भएका छन् । उपाध्यक्षमा ६ जना निर्विरोध चयन भएका छन् । उपाध्यक्ष हुनेहरुमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्र बहादुर सिंह, ओमकृष्ण प्रसाई, मजिन्द्र सिंह र श्याम शेर्पा रहेका छन् । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भएका छन् । सचिवहरुमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामबहादुर सिंह ठकुरी, संजय सुन्दर शैंजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाही कुमारी तिनुङ चयन भएका छन् । यस्तै अध्यक्ष लामाले पुनः दुई जना सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।

यसैगरि महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवास गोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन् ।

महाधिवेशनको शनिबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका थिए । ७६ जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागि भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लूकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । २०३८ सालमा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुवात भएको यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>