चितवन विशेष

चितवनमा सिस्नु–ढिँडोको वनभोज, अर्गानिक खानाको प्रवद्र्धन हुने विश्वास

Banner

पूजा ढकाल

चितवन, चैत ११-

चितवनमा सिस्नु ढिँडोको वनभोज (वनभात) कार्यक्रम गरिएको छ ।

नेपाली प्रकृतिक तथा अर्गानिक  खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले चितवनका कवि, साहित्यकार, संगितकार, शिक्षक तथा प्रकृतिप्रेमी मिलेर सिस्नु–ढिँडोको वनभोज गरेका हुन् ।

आफूको प्रकृतिसँग धेरै लगाब, गहिरो सम्बन्ध तथा एक प्रकृतिक प्रेमी कवि भएकोले आज वनभोज कार्यक्रम गरिएको कवि तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्रध्यापक भूपिन खड्काले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘म गाउँमै जन्मेकोले मलाई गाउँको परिवेश खाना र प्रकृतिप्रति विशेष लगाव छ । जसको कारण हामीले स्थानीय तथा रैथाने खानेकुरा प्रवद्र्धन गर्न वनभोज कार्यक्रम आयोजना गरेका हौँ ।’ यसरी वनभात कार्यक्रममा सिस्नु, ढिँडो, कोइरालाको अचार, सिप्लिकान, गुन्द्रुक, कुखुराको मासु, चिउरा, भुजा, गाँजर, मुला, मेवा काक्रो जस्ता अग्रानिक सामान समावेश गर्न सके पनि काउरो समावेश गर्न नपाएकोमा उनको दुःखेसो छ । यसरी वनभात कार्यक्रममै अर्गानिक सामानको प्रयोग गर्नाले अनावश्यक

औषधिको प्रयोग गरी उब्जाएको तरकारी फलफूलको प्रयोगमा कमी ल्याउने उनको विश्वास छ । २५ जना भन्दा बढी सहभागी कार्यक्रमका लागि सिस्नु जुटाउन पनि केही रुपमा कठिन नै भएको बताउँदै उनी भन्छन्, ‘ अब हामीले प्लास्टिकको प्रयोग गर्न कम गर्ने मात्रै हैन पूर्णरुपमा नै बन्द गर्नु पर्छ । तर, आज हामीले सामान ल्याउने समयमा पनि केही पलास्टिक जम्मा भएका छन् । जुन हामी वातावरणमा असर नगर्ने गरी व्यवस्थापन गर्छौ ।’ विशेषत आफूहरुले एक दिन बिहान साथीभाई भेटेर चिया खाने समयमा सिस्नु र ढिँडो खाएको र सो दिनको भिडियो फेसबुकमा हाल्दा दर्शकबाट आफूहरुलाई पनि मन पर्ने र खाना पाए हुन्थ्यो भनेर इच्छा जगाएपछि ज्ञानेश्वर सामुदायिक वनमा वनभात कार्यक्रमको आयोजना गरिएको कवि ईश्वर कँडेलले बताए । उनका अनुसार बाहिर देशबाट नेपाल भित्रने फलफूल तरकारी हाम्रो हैन, हाम्रो भनेको जंगलमा पाइने अर्गानिक खानेकुरा फलफूल हो । जुन स्वास्थ्यको लागि फाइदाजनक छन् । तर, पछिल्लो समय नयाँ पुस्ताका बालबालिकामा सिस्नु गरिबले खाने खाना हो भन्ने धारणको विकास भएको हुँदा अब अभिभावकले समय समयमा यस्ता खानेकुरा घरमा पनि पकाउनुपर्ने र बच्चालाई चखाउनु पर्ने, उनी बताउँछन् । ’ त्यस्तै विद्ययालयमा पढाइ हुने स्थानीय किताबमा समेत नेपाली अग्रानिक खाना समावेश गर्नुपर्ने उनको सुझाव छ ।

यसरी अर्गानिक खाना प्रबन्ध गर्न आयोजना गरिएको वनभात कार्यक्रमले आफूहरु पुनः प्रकृति तर्फ फर्किएको अनुभूति आफूले महसुस गरेको कवि गोविन्दराज विनोदी बताउँछन् । त्यस्तै लामो समयपछि सिस्ने ढिँडोलगायत विभिन्न अर्गानिक  खाना खान पाउँदा निकै आनन्द महसुस गरेको उनले सुनाए । उनी भन्छन्, ‘पछिल्लो समय सिस्नु बारीमा पनि लगाउन थालेका छन् । जुन स्वास्थ्यका लागि निकै राम्रो हुने गर्छ ।’ वनभात कार्यक्रममा सहभागी भएका डा. केशव चालिसेले सिस्नु र ढिँडोले नेपालको उद्विकासलाई जोड्ने जानकारी दिए । यस्तै सिस्नुमा क्यालोरिन, आइरन, भिटामिन, मिनिरलसलगायतका तत्व पाइने भएकोले सरकारले यसमा गहिरो अनुसन्धान गर्न आवश्यक छ । यस्तै स्वास्थ्यको लागि पनि राम्रा भएकोले हामी सिस्नुमा आत्मनिर्भर बन्नुपर्ने उनी बताउँछन् । कार्यक्रममा अंग्रेजी र नेपाली भाषामा कविहरुले पर्यवरण संरक्षण विषयमा कविता पनि वाचन गरेका थिए । क्यूआर कोडको प्रयोग गरेर सामाजिक सञ्जालबाट आव्हान गरिएको वनभोजको लागि शुल्क प्रति व्यक्ति ८०० रुपैयाँ राखिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>